रसुवागढीबाट मंगलबार भित्रिए १५ सय थान अक्सिजन सिलिन्डर

नु्वाकोट । चीनले नेपाललाई अनुदान दिएको १५ सय थान अक्सिजन सिलिन्डर मंगलबार रसुवागढी नाका हुँदै भित्रिएको छ । चीनले घोषणा गरेका मध्ये केही हजार थान सिलिन्डर हवाई मार्ग हुँदै आइसकेका छन् ।
अक्सिजन सिलिन्डरसँगै मंगलबार ५ लाख २७ हजार ५ सय थान एन नाइन्टीफाइभ मास्क पनि रसुवागढी नाका हुँदै नेपाल भित्रिएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए । ‘चिनियाँ चारवटा कन्टेनरमा अक्सिजन सिलिन्डर एन नाइन्टी फाइभ मास्क आयत भएको थियो । अहिले उक्त सामग्रीको भन्सार प्रक्रिया भइरहेको छ,’ उनले भने ।
अक्सिजन सिलिन्डर र मास्क स्वास्थ्य मन्त्रालयका तर्फबाट स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेले बुझेका छन् । हिजोआज रसुवागढी नाकाबाट स्वास्थ्य सामग्री, हार्डवेयर र फलफूल आयात भइरहेको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए । कोरोना भाइरस (कोभिड–१९) देखा परेदेखि नै रसुवागढी नाका भएर चीनबाट हुने आयात प्रभावित छ ।
अहिले दैनिक सातवटा चिनियाँ कन्टेनरले नेपालतर्फ नै सामान ल्याएर झार्ने गरेका छन् । नाकाबाट न्यून सामान आयात हुँदा राजस्व संकलन प्रभावित भएको रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए । चीनबाट हुने धेरैजसो आयात ०७२ मंसिरदेखि यही नाकाबाट हुँदै आएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया