अटो व्यवसायी भन्छन्, ‘ऐतिहासिक बजेट आयो, सुझाव सबै सम्बोधन भए’
नुवाकोट । आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटलाई अटोमोबाइल्स व्यवसायीले पूर्ण स्वागत गरेका छन् ।
अटोमोबाइल्स डिलर्स एसोसियसन अफ नेपाल (नाडा) का अध्यक्ष कृष्ण प्रसाद दुलालले नाडाका सबै सुझाव बजेटमार्फत सम्बोधन भएको भन्दै बजेटको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।
विद्युतीय सवारी साधनमा लाग्दै आएको अन्तशुल्क पूरै मिनाहा हुँदा एउटा बिजुली गाडी १० लाखसम्म सस्तो हुने उनको भनाई छ । यो सुझाव नाडाले दिएको थियो ।
त्यस्तै ५ सय विद्युतीय सवारी चार्जिङ स्टेशन बनाउने, काठमाडौँमा साझा यातायातसँगको सहकार्यमा १ सय वटा विद्युतीय बस चलाउने र सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम पनि खर्चमा देखाउन पाउने, कर बुझाउने वित्तिक्कै स्वतः कर चुक्ताको प्रमाणपत्र पाउने र यसले खाता प्रमाणित गर्नुपर्ने झण्झट नहुने, २० लाख सम्मको आम्दानीमा ९० प्रतिशत आयकर छुट जस्ता विषय एकै पटक सम्बोधन भएकाले यो बजेट ऐतिहासिक भएको नाडाका अध्यक्ष दुलालको भनाई छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया