गणतन्त्र दिवसकाे अवसरमा ४ सय ३० काे कैद मिनाहा

विदुर खबर २०७८ जेठ १५ गते ८:५९

नुवाकोट । राष्ट्रपति विद्यादेवी भण्डारीले चार सय ३० कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिनुभएको छ ।

Advertisement

मन्त्रिपरिषद्को सिफारिसमा १४ औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति भण्डारीले चार सय ३० कैदीलाई बाँकी कैद कट्टा गरी माफी मिनाहा गरिदिनुभएको हो ।

नेपालको संविधानको धारा २७६ अनुसार फौजदारी कसुर (सजाय तथा कार्यान्वयन) ऐन २०७४ काे दफा ३७ लगायतका विभिन्न कानुन र सर्वोच्च अदालतको २०७७ साउन १९ को परमादेशसमेतकाे आधारमा चार सय ३० जनाकाे बाँकी कैद कट्टा गरी मिनाहा गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिनुभयो ।

Advertisement

प्रतिक्रिया