कहिले रोकिन्छ देशका अधिकांश स्थानमा भईरहेको वर्षा ?

विदुर खबर २०७८ जेठ १४ गते १९:१६

नुवाकोट । हाल देशको विभिन्न स्थानमा भईरहेको वर्षा आइतबारसम्म नै जारी रहने भएको छ ।जल तथा मौसम विज्ञान विभागले आइतबार नै सम्म नै वर्षा हुने जनाएको हो ।

विभागका अनुसार हाल देशमा चक्रवात (Cyclonic Storm) यास् (YAAS) पश्चिमउत्तर-पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्र (Depression )को प्रभाव रहेको छ। जसको कारण हाल देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा मेघगर्जन / चट्याङ्ग /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

विभागले देशका विभिन्न स्थानमा  वर्षा र हिमपात हुने भएकोले आगामी २४ घण्टा आवश्यक सतर्कता अपनाउन आगह गरेको छ  । विभागका अनुसार  प्रदेश १ ,प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागले प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी वर्षा, उच्च बेगको हावाहुरि र १/२ स्थानमा अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। गण्डकी, बागमती प्रदेश र प्रदेश १ र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी/हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले जनाएको छ।

यस्तो छ विभागले गरेको आगामी ३ दिनको मौसम पूर्वानुमान :

२०७८ जेठ १४ गते (शुक्रबार)

राती: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा मेघगर्जन / चट्याङ्ग /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी / अति भारी वर्षा र उच्च बेगको हावाहुरीको सम्भावना रहेको छ। उच्च पहाडी / हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात/वर्षा र गण्डकी प्रदेशका केही स्थानहरूमा  बागमती प्रदेश, प्रदेश १ तथा सुदूर-पश्चिम प्रदेशका उच्च पहाडी / हिमाली भू-भागका १/२ स्थानमा  भारी हिमपातको सम्भावना रहेको छ।

२०७८ जेठ १५ गते  (शनिबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन / चट्याङ्ग /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ।प्रदेश १, प्रदेश २,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघगर्जन / चट्याङ्ग /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका १/२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

२०७८ जेठ १६ गते  (आईतबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन / चट्याङ्ग /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २,बागमती र लुम्बिनी प्रदेशका १/२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १,प्रदेश २ बागमती प्रदेशका केही स्थानहरूमा मेघगर्जन / चट्याङ्ग /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ।प्रदेश १ र प्रदेश २ का  १/२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

Advertisement

प्रतिक्रिया