आजपनि देशका धेरै ठाउँमा पानी पर्ने

विदुर खबर २०७८ जेठ १४ गते ८:१६

नुवाकोट । लगातारजसो परेको पानीका कारण देशका धेरै नदी तथा खोलामा बाढी आएको छ ।

Advertisement

सबैभन्दा धेरै गण्डकी प्रदेशमा वर्षा भएको छ । मौसमविद् मिनकुमार अर्यालका अनुसार आज पनि गण्डकी प्रदेशका धेरै ठाउँमा ठूलो पानी पानी पर्ने सम्भावना छ । गएको २४ घण्टामा म्याग्दीमा ८० मिलीमिटर पानी परेको छ ।

अहिले बुढीगण्डकी नदीमा बाढी आएको छ । तर नदीमा पानीको सतह बिस्तारै घट्दै जाने मौसमविद्ले बताएका छन् । महाकाली, कर्णाली, राप्ती, नारायणी, वाग्मतीलगायत नदीमा पनि बाढी आएको छ । यस्तै, वाग्मती प्रदेश र प्रदेश नम्बर १ र २ का केही ठाउँमा पनि ठूलो वर्षा भएको छ । यस्तै सुनकोशी नदीमा आएको बाढीले नवलपुरमा निर्माण भइरहेको मोटेरेबल पुल बगाएको छ ।

Advertisement

चम्पादेवी गाउँपालिका-१ पलालु र सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरघाट जोड्ने पुल बाढीले बगाएको हो । गण्डकी, वाग्मती र लुम्बिनी तथा प्रदेश-१ र २ का केही ठाउँमा आज पनि ठूलो पानी पर्ने सम्भावना छ । यी क्षेत्रका नदी तथा खोलाको आसपासमा रहेकाहरुलाई सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

बङ्गालको खाडीमा  विकसित भएको चक्रवातको असरका कारण अहिले देशका धेरै ठाउँमा वर्षा भइरहेको हो ।  भोलि बेलुकादेखि भने पानी पर्न केही कम हुने अनुमान गरिएको छ । पर्सि आइतवार र सोमवार पानी पानी नपर्ने तर त्यसपछि भने फेरि पानी पर्ने सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।

Advertisement

उहाँका अनुसार आइतवार र सोमवार मौसम आंशिकदेखि सामान्य बद्ली रहनेछ । त्यसपछि भने नेपालमा  न्यूनचापीय रेखाको प्रभावका कारण पानी पर्न सक्ने उहाँले बताउनुभयो । मनसुन नजिकिँदै गरेकाले प्रि-मनसुनका गतिविधि थप सक्रिय हुँदै जाने मौसमविद्ले बताएका छन् ।

प्रतिक्रिया