दूरगामी प्रकृतिका निर्णयहरु नलिन सरकारलाई कांग्रेसको खबरदारी
नुवाकोट । नेपाली कांग्रेसकाले दूरगामी प्रकृतिका निर्णयहरु नलिन र कार्यानव्यन नगर्न सरकारलाई खबरदारी गरेका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार एक वक्तव्य जारी गर्दै सरकारका सम्बन्धमा न्यायपालिकामा मुद्दा विचाराधीन अवस्थामा रहेकाले दूरगामी निर्णय लिन नहुने बताएका हुन्।
देउवाले वर्तमान सरकार संविधानको मूल मर्म र भावना विपरीत सत्तामा आसीन रहेको पनि आरोप लगाएका छन्।
‘वर्तमान सरकार संविधानको मूल मर्म र भावना विपरीत सत्तामा आसीन छ। संसदीय प्रक्रियालाई छलेर दूरगामी प्रकृतिका निर्णयहरु लिँदैछ। सरकारका सम्बन्धमा न्यायपालिकामा मुद्दा विचाराधीन रहेको अवस्थामा कुनै पनि दूरगामी प्रकृतिका निर्णयहरु नलिन र कार्यान्वयन नगर्न म सरकारलाई खबरदारी गर्दछु,’ देउवाले बिहीबार वक्तव्य जारी गर्दै भनेका छन्।
वर्तमान अवस्थामा सरकारको सम्पूर्ण ध्यान कोभिड १९ को रोकथाम र उपचारमा केन्द्रित हुनुपर्ने देउवाको भनाइ छ। संक्रमणको लहर शहरबाट ग्रामीण र दुर्गम क्षेत्रमा समेत फैलिरहेकोतर्फ सचेत गराउँदै देउवाले स्वास्थ्य पूर्वाधारको कमजोर अवस्था र सरकारको उदासिनताका कारण ग्रामीण क्षेत्रमा उपचार नभएर हाहाकार मच्चिएको पनि बताएका छन्।
‘देशैभर खासगरी अस्पताल पहुँचको सिमितता, खोप, अक्सिजन र भेन्टिलेटरको अभावका कारण संक्रमण र मृत्युदर कम हुन सकेको छैन,’ देउवाले भनेका छन्, ‘सरकारको अकर्मण्यता र उदासिनताका कारण बढेको संक्रमण रोक्न फेरि पनि सरकारले निषेधाज्ञाको साहारा लिएको छ। तर, निषेधाज्ञाको असर पनि हचुवा गृहकार्य र कमजोर व्यवस्थापनका कारण प्रभावकारी हुन सकेको छैन।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया