व्यवसायी सुर्वणमान श्रेष्ठद्धारा प्रहरीलाई स्वास्थ्य सामाग्री वितरण
नुवाकोट । नुवाकोट चेम्बर अफ कर्मसका द्धितिय उपाध्यक्ष तथा कोलनीमा रहेको इन्द्रायणी स्टोर र सुजिम बजारका प्रोपाइटर सुर्वणमान श्रेष्ठले फ्रन्टलाइनमा काम गर्ने प्रहरीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेका छन् ।
कोरोना महामारीको समयमा अग्रपङ्तिमा रहेर काम गर्ने प्रहरीलाई स्वास्थ्य सामाग्री वितरण गरेका हुन् । विपद्, प्रकोप र महामारीका बेला सधै फ्रन्टलाइनमा सक्रिय जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी गुल्म नम्बर १९ , जिल्ला ट्राफिक प्रहरी कार्यालय, प्रहरी चौकी कोलनीसहित जिल्ला कारागार कार्यालय ,कारागारमा रहेका कैदीबन्दीलाई स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।
कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेकाले सम्भावित जोखिमबाट बच्न स्वास्थ्य सुरक्षा मापदण्डलाई ध्यानमा राखी अग्रपङतीमा खट्ने सुरक्षा निकायलाई स्वास्थ्य सामग्री उपलब्ध गराइएको नुवाकोट चेम्बर अफ कर्मसका द्धितिय उपाध्यक्ष सुर्वणमान श्रेष्ठले जानकारी दिए ।
वितरण गरिएका स्वास्थ्य सामाग्रीहरुमा माक्स, सेनिटाजर, हात धुने साबुन, तथा फेस शिल्ड रहेका छन् ।
श्रेष्ठले आगामी दिनमा आफुहरुले आफ्नो सामाजिक उत्तरदायित्तत्व अन्र्तगत असहाय, अनाथ, गरिव समुदायलाई सकेको सहयोग गर्ने बताए । ‘संक्रमणकालिन परिस्थितीमा जोखिम उठाएर अग्रपङतीमा खटिरहनेसुरक्षाकर्मीलाई हामीले सकेको सानो सहयोग गर्ने मनसाय हो, यो विषम परिस्थितीमा निरन्तर खटिरहने निकायहरुप्रति धन्यवाद दिन चाहान्छु’ उनले भने ।
पछिल्लो समय नुवाकोटमा कोरोना संक्रमणको दर पनि बढिरहेको छ । बिहीबार मात्रै नुवाकोटमा कोरोना संक्रमित हुनेको संख्या एकसय ५८ पुगेको छ । नुवाकोटमा हालसम्म कोरोना संक्रमणबाट २१ जनाको ज्यान गइसकेको छ भने कोरोना संक्रमितको संख्या ३ हजार पुगेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया