ठगी गरेकाे अभियाेगमा नुवाकोट पञ्चकन्याका हरिप्रसाद सिटौला पक्राउ
विदुर खबर
२०७५ साउन १७ गते १४:३३
काठमाडौँ , विभिन्न चर्चित व्यक्ति र दूतावासको कर्मचारी हुँ भन्दै दर्जनौंलाई ठगी गर्नेलाई प्रहरीले बुधबार पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
नुवाकोट पञ्चकन्या गाउँपालिका–५ का हरिप्रसाद सिटौलाले कसैलाई आफू जापानी, अष्ट्रेलियाली, अमेरिकी र पाकिस्तानी, दुतावासको कर्मचारी बताउने, कसैलाई चिकित्सक हुँ भन्ने र कतिपयलाई आफू अर्थशास्त्री डा पिताम्बर शर्मासमेत भनेर ठगी गर्ने गरेका थिए ।
अपराध महाशाखाका प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीका अनुसार दुतावास तथा अस्पतालमा जागिर लगाइदिने भन्दै उनले पैसा लिइ धेरैलाई ठगी गरेको अनुसन्धानबाट खुलेको छ । उनले ठगेको रकमबारे अनुसन्धान भइरहेको छ । पैसा लिने र झुलाउने गरेपछि पीडितहरुले प्रहरीमा उजुरी गरेका थिए । सोही उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया