नेताका आडमा ठेकेदारले काम नगर्दा बालाजु रानीपौवा सडक अलपत्र

विदुर खबर २०७८ जेठ १३ गते १४:५२

नुवाकोट । नुवाकोटको पहिलो सडक पासाङल्हामु मार्ग ठेकेदारले सम्झौता गरेको एक दशक पुन लाग्दासमेत निर्माणकार्य सुरु गर्दा अलपत्र परेको छ।

Advertisement

नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरेबेटी नुवाकोट जिल्ला सूर्यगढी गाउँपालिका बागेश्वरीका शारदाप्रसाद अधिकारी उत्त सडक निर्माणको काम छाडेर फरार भएकामा काठमाडौं-नुवाकोट-रसुवाको पासाङल्हाम राजमार्गको बालाज-मीपीवा खण्डको काम छाडेर अधिकारी टाप कसेका हुन् ।

भारतीय ठेकेदारसँगको जेभीमा अधिकारीको सतुङ कन्स्ट्रक्सनले काम गरिरहेको सडक करिब एक दशकदेखि अलपत्रमा अवस्थामा रहेको छ। काम सुरु गरेको तीन वर्षमा सकिने भनेर सम्झौता गरेको भए पनि सरकारलाई असहयोग गर्ने नाममा उनले ठेक्का हत्याउने र काम नगर्ने गरेकामा देशैभर उनले ठेक्का लिएका दर्जनी निर्माणका काम कही पनि राम्रोसँग अघि बढाएका छैनन् । ठेकेदार अधिकारीलाई कारबाहीको माग गर्दै पीडित उपभोक्ताले सयौपटक जिल्लादेखि केन्द्रसम्म आन्दोलनसमेत गरेका छन् ।

Advertisement

कतिपय अवस्थामा जनताको आँखामा छारो हाल्न राजनीतिक दलका नेताहरूले पनि आन्दोलन गरेजस्तो गरेका छन् । यद्यपि उनीहरुले दवाव दिने हो भन्ने सडकको काम तीव्र गतिमा हुन्छ भन्ने आशा नागरिकमा अभी पनि रहेको छ। सडक स्तरोनतिका नाममा भत्काप्स छाडिएपछि त्यस क्षेत्रका जनताको आर्थिक गतिविधि शून्य भएको छ। सडकको अवस्था नाजक भएकाले बिरामी बोकेका बलेन्स आवत-जावत गर्न नसक्दा दर्जनीभन्दा बढीले अकालमा ज्यान गमाएका छन् ।

वर्षाका समयमा त उक्त सडकमा गाडी नचलेर खरर स्ट्रेचरमा बिरामी बोकेर नुवाकोटबाट काठमाडौँ लैजानुपरेको स्थानीय अशोक तामाङले बताए। सडकमार्गकै कारण गत वर्ष एक बिरामीको बाटोमै मृत्युसमेत भएको थियो । पछिल्लो समयमा नुवाकोटका नागरिक र नेतृत्वले सडकमार्ग न अवरुद्ध गरेर आन्दोलन चलाएपछि केही काम भएकोजस्तो देखिएको थियो।
यद्यपि पछिल्लो साता सडकमा ठेकेदारका कामदार देखिएका छैनन् ।

Advertisement

अहिले पूर्ण रूपमा काम बन्द भएको छ। यस्तो काम गर्न निषेधाज्ञाको बीचमा पनि सरकारले रोकेको छैन । तर, अधिकारी बहाना बनाएर भागेका छन् । उनले असारसम्ममा बालाजूदेखि रानीपौवासम्मको सडक कालोपत्रे नै गर्छ भनेर सडकाआयोजनामा यसअघि प्रतिबद्धता जनाएका थिए। सरकारको पटक-पटक ध्यानाकर्षण गराउँदासमेत सडकमा काम भएको छैन ।

भौतिक पूर्वाधार तथा वातायातमन्त्री वसन्त नेम्वाइसँग नुवाकोटका सबै सांसदलेमत्रालयमै पगेर सडक निर्माणको सुस्तता हटाइदिन अनुरोध गरेपछि यसअघि उक्त सडकको आयोजना प्रमख भए ठेकेदारसँग कमिसन खास कुनै ताकेतासमेत नगरी बसेका नीरज शर्माको सरुवा भएको थियो। वद्यपि नयाँ आएका आयोजना प्रमुख पनि सडक निर्माणको काममा त्यति सक्रिय भएको देखिएको छैन ।

समयमा नै सडक मार्ग स्तरोन्नति हुन नसक्दा पर्यटकीय स्थल ककनीसमेत ओभलमा परेको छ । दैनिक एक हजारभन्दा बढी पर्वरक ककनी आउने गरेकोमा सडकमार्गकै कारण पर्यटकककनी जान रुचाउँदैनन् । जसको कारण अहिले ककनी सुनसान देखिन्छ।

प्रतिक्रिया