सरकारले अध्यादेशमार्फत जेठ १५ मा पूर्ण बजेट ल्याउने तयारी
विदुर खबर
२०७८ जेठ १३ गते १३:२९
नुवाकोट । सरकारले अध्यादेशबाट यही जेठ १५ मा पूर्ण बजेट ल्याउने भएको छ ।
प्रतिनिधिसभा विघटन भएपछि बाध्यात्मक अवस्था नभएकाले जेठ १५ मा बजेट ल्याउन नहुने बताईरहेका बेला सरकारले अध्यादेशबाट पूर्ण बजेट ल्याउने जनाएको हो ।
जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता रहेकाले अर्थ मन्त्रालयले पूर्ण बजेटको तयारी थालेको प्रधानमन्त्री निकट उच्च स्रोत जनाएको छ । कोभिड–१९ को महामारीले मुलुकलाई आक्रान्त बनाईरहेका बेला स्वास्थ्य क्षेत्रलाई नै उच्च प्राथमिकतामा राखेर बजेट आउने स्रोत भनाई छ ।
अर्थ मन्त्रालयले भने कोभिड–१९ का कारण आक्रान्त स्वास्थ्य क्षेत्रको पुनस्उत्थान, न्यूनवर्गीय सर्वसाधरणको जिविकोपार्जन तथा बृद्ध भत्ता वृद्धि जस्ता कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेर बजेट ल्याउने बताएको छ । यस्तै यसपटक सरकारले आफ्नो नीति तथा कार्यक्रम ल्याउने छैन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया