काठमाण्डौमा अब किराना पसल पनि खोल्न नपाइने
नुवाकोट । कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा थप एकसाता लम्बिएसँगै किनारा पसल पनि खोल्न नपाइने भएको छ ।
आज उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा जेठ २० गते मध्यरातसम्म कायम रहने साथै किराना पसलहरु बन्द गर्ने निर्णय गरेका हुन् ।
यससँगै तरकारी, फलफुल, दुध डेरी, मासु, खानेपानी र ग्यास पसलहरू ९ बजेसम्म खुल्ला गर्ने र खाद्यन्न तथा किराना पसल, डिपार्टमेन्टल स्टोर लगायतका अन्य पसलहरु भने बन्द गर्नु पर्ने छ । मर्निङ वाक र इभीनिङ वाक पनि निषेध गरिएको छ ।
यस्तै विवाह व्रतबन्धको हकमा बढीमा ७ जना सम्म मात्र आफ्नो घरमा वा बसोबासको स्थानमा मात्र गर्न पाइने छ । साथै सवारी साधनको प्रयोग गर्नु परेमा १ वटा मात्र प्रयोग गर्न पाइने छ ।
तरकारी, फलफूल, दुध तथा दूग्धजन्य र सोको प्याकिङ सामग्री, कुखुराको दाना, चल्ला आदि प्रयोजनका लागि ब्यानरको प्रयोग गरी राती ९ बजे देखि बिहान ९ बजे सम्म न्यूनतम संख्यामा सवारी संचालन गर्न पाइने छ । साथै सरकारी कार्यलय, सार्वजनिक संस्था, बैंक आदिको सवारी साधन बिहान ९ः३० देखि १०ः३० सम्म र बेलुका ५ बजे देखि ६ बजेसम्म कार्यलय आवतजावतका लागि मात्र प्रयोग गर्ने व्यवस्था मिलाउनु पर्ने छ ।
यस्तै तोकिएको तरकारी बजार बाहेक अन्य सार्वजनिक स्थानमा तरकारी तथा फलफूल बिक्रीमा रोक लगाउने भएको छ ।
काठमाडौं उपत्यकामा १६ वैशाख गतेदेखि निषेधाज्ञाको आदेश जारी भएको थियो।
२२ वैशाखमा पुन एक साता थपिएको निषेधाज्ञा ३० वैशाखमा पुनः दुई साताका लागि थपिएको थियो। थपिएको निषेधाज्ञाको अवधि पनि यहि १३ गते सकिदै थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया