नुवाकोटमा आज ६३ जना कोरोना संक्रमित थपिए
नुवाकोट । नुवाकोटमा आज थप ६३ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ६३ जना कोरोना संक्रमित थपिएका हुन् ।
कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा भेटिएका कोरोना संक्रमितहरुमध्ये ककनी गाउँपालिकामा २८ जना, विदुर नगरपालिकामा १९ जना, बेलकोटगढी नगरपालिका र किस्पाङ गाउँपालिकामा समान ४÷४ जना र तादी र तारकेश्वर गाउँपालिकामा सामान २÷२ जना कोरोना संक्रमित भेटिएका हुन् ।
यस्र्तै सुर्यगढी, लिखु र तारकेश्व गाउँपालिकामा सामान एक÷एक जना संक्रमित थपिएका छन् । यससँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या एकहजार ७९ पुगेको छ ।
त्यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय ८ पुगेको छ । यस्तै कोरोना संक्रमणबाट नुवाकोटमा १९ जनाको ज्यान गइसककेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
नुवाकोटमा अहिलेसम्म १३ हजार ४ सय १४ जनाको पिसिआर परिक्षण गरिएको कार्यालयको भनाइ रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया