नौकुण्ड गाउपालिका कोरोना नियन्त्रण गर्न सफल

विदुर खबर २०७८ जेठ ११ गते ७:५१

रसुवा । रसुवाको नौकुण्ड गाउपालिकामा कोरोनाको दोश्रो लहरको सुरुवातमै एकैपटक ४३ जनामा कोरोनाको सक्रमण देखिएपनि उच्च सजगता अपनाउदै रोग नियन्त्रणमा लिन सफल भएकोमा पुनः थप ३८ जना व्यक्तिमा रोगको सक्रमण देखिएको छ ।

Advertisement

रोगको सक्रमण नियन्त्रणको लागी गाउँपालिकाको अध्यक्ष नुर्बु स्याङ्बो घले र उपाध्यक्ष सिजर्ना लामाको सक्रियताले कोरोनाको दोश्रो लहरलाई पनि नियन्त्रणमा लिन सफल भएकोमा पुनः थप एक जना वडा नं. ५ का ६२ वर्षका पुरुषको उपचारको क्रममा आइतबार राती निधन भएको छ भने वडा नं. ३ र ४ मा पर्ने सरमथली क्षेत्रमा एकै पटक ३८ जना नयाँ सक्रमित थपिएका छन् ।

थपिएका सक्रमित मध्येमा कोरोना रोगको सक्रमण रोक्न निरन्तर जनताको सेवामा सक्रिय रहनुभएका गाउँपालिकाको उपाध्यक्ष सिर्जना लामा समेत रहनुभएको छ ।  सुरुवाती समयमा सामान्य लक्षण देखिएपनि सतकर्ता अपनाई जनताको सेवामा क्रियाशिल रहनुभएको उपाध्यक्षको राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुन जानको लागी गरिएको परीक्षणमा कोरोना देखिएको थियो । यो सगैँ वडा नं. ३ र ४ को विभिन्न वस्तीका लक्षण सहितका व्यक्तिहरुबाट संकलन गरिएको ४२ जनाको नमूना जाँचमा उपाध्यक्ष सहित ३८ जनामा कोरोनाको सक्रमण देखिएको हो । सक्रमित व्यक्तिहरुको शरीरमा डाबर देखिने, ज्वरो आउने, रुघाखोकी लाग्ने, पखाला चल्ने लगायतका समस्या देखिएको छ ।

Advertisement

गाउाँपलिकाले संकलन गरेको मध्ये अझै २८ जनाको कोरोना परीक्षणको लागी त्रिशूली अस्पतालको प्रयोगशालामा स्वाबको नमूना पठाइएको उपाध्यक्ष सिर्जना लामाले जानकारी दिनुभएको छ । कोरोनाबाट आफै सक्रमित भएर पनि गाउँपालिकाको उपाध्यक्ष सिर्जना लामा घरको एकान्तबाँसमै बसेर सक्रमितहरुसंग निरन्तर संवाद गर्ने, स्वास्थ्य अबस्थाको बारेमा जानकारी लिने लगायतको सहजिकरण गर्दै आउनुभएको छ । आज थप भएका सक्रमितहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा घरकै एकान्तबाँसमा राखिएको छ ।

यसैबीच, कोरानो सक्रमण मुक्त भएको नौकुण्डमा पुनः आज धेरै जनामा रोगको सक्रमण देखिएसगैँ ‘कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र” रसुवाको बैठक भर्चुअल माध्यम मार्फत बसेर उच्च साबधानी अपनानको लागी अपिल गरिएको छ ।  रसुवाको प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद ढकाललको अध्यक्षतामा बसेको बैठकले ‘नौकुन्ड गाउपालिका कोभिड–१९ को जोखिम क्षेत्र भएको हुँदा त्यस क्षेत्रमा कोभिड –१९ का संक्रमण पुष्टि भएकोलाई आत्मानुशासन र मनोबल बढाउने गरि होम आइसोलेसन कीट उपलब्ध गराइ दैनिक फोन सम्पर्क मार्फत स्वास्थ्य अवस्था बारे बुझ्ने निर्णय भएको छ ।

Advertisement

यस्तै, एक वडाबाट अर्को वडा आवातजावत गर्न निशेध गरिएको छ भने एन्टिजेन परिक्षण तथा पिसिआर परीक्षणको दायरा बढाउने र गाउँपालिकामा रहेको क्वारेन्टाइनलाई थप प्रभावकारी बनाइने निर्णय गरिएको छ । यस्तै, अग्रपक्तिमा रहेर सेवा पुराउने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, कर्मचारीहरुलाई थप हौसला प्रदान गर्ने र उच्च मनोबलको साथ कोरोना रोगको रोकथामको लागी परिचालन हुने, गाउँगाउँमा जनचेतना जगाउन स्थानीय जनप्रतिनिधि तथा शिक्षकहरूलाई परिचालन गर्नुका साथै स्थानीय प्रहरी प्रशासन पनि खटाउने निर्णय जिल्ला संकलन व्यावस्थापन केन्द्र रसुवाको बैठकले गरेको छ ।

कोरोनाबाट सक्रमित भएकाहरु घरकै एकान्तबासमा राखिएकाले उनीहरुको स्वास्थ्यको जानकारी लिनको लागी गाउँपालिकाले स्वाथ्यकर्मीलाई चौविसै घण्टा परिचालन गरेको छ भने अक्सिजनको अभाव हुन नदिने प्रतिबद्धता प्रमुख जिल्ला अधिकारी इश्वरप्रसाद ढकालले गर्नुभएको गाउाँपालिकाको उपाध्यक्ष सिर्जना लामाले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया