निलकण्ठ माविको लागि करीब २१ लाख रुपैयाँ चन्दा संकलन
रसुवा। रसुवाको सबैभन्दा पहिलो विद्यालय निलकण्ठ माध्यामिक विद्यालयलाई नमूना विद्यालय बनाउनको लागी सुरु गरिएको चन्दा संकलनमा करीब २१ लाख रुपैयाँ जम्मा भएको छ ।
‘नमूना विद्यालय’मा छनोटभएसगैँ जग्गाको अभाव पूरा गर्न विद्यालयका पूर्व विद्यार्थी, समाजसेवी, बुद्धिजिवी तथा दानवीरहरुले सयुक्त रुपमा सुरु गरेको चन्दा संकलनको एक महिनाको अवधिमा २० लाख ९२ हजार रुपैयाँ जम्मा भएको “आर्थिक संकलन र प्रचारप्रसार विभाग’का सदस्य समेत रहनुभएका विद्यालयका शिक्षक गणेश श्रेष्ठले जानकारी दिनुभएको छ ।
उहाँको अनुसार पहिलो दानीर रसुवाको उतरगया गाउँपालिका वडा नं .५ बेत्रावती बजार घर भएर अहिले बेल्जियम बस्दै आउनुभएका मिरा डगोल कायम हुनुभएको छ । उहाँले एक लाख १०० रुपैयाँ उपलब्ध गराई सहयोग अभियानको शुभारम्भ गर्नुभएको थियो भने हालसम्म सबैभन्दा धेरै आर्थिक सहयोग गर्नेमा रसुवाकै उतरगया गाउँपालिका वडा नं. २ सिम्लेका समाजसेवी लेखनाथ अधिकारी रहनुभएको छ ।
उहाँले एक लाख एक हजार १५५ रुपैयाँ सहयोग गर्नुभएको छ । हालसम्म १९८ जना विद्यालयका पूर्वविद्यार्थी, अभिभावक, विद्यार्थी, शिक्षक, व्यावस्थापन पक्ष, स्थानीय समाजसेवी, बुद्धिजिवी, शिक्षाप्रेमी, कर्मचारी, जनप्रतिनिधि लगायतले देशविदेशबाट सहयोग जुट्ने क्रम चलिरहेको आर्थिक सहयोग संकलन अभियानका प्रचारप्रसार विभागका प्रमुख शशी डंगोलले जानकारी दिनुभएको छ । उहाँँको अनुसार अभियानलाई अहिलेको यो निषेधाज्ञाको समयमा पनि सामाजिक सञ्जल लगायतको माध्यमबाट सक्रिय रुपमा दाताहरुबाट रकम जोहो गर्ने क्रम चलिरहेको छ ।
२००७ सालमा स्थापना भएको रसुवाको पहिलो निलकण्ठ माध्यामिक विद्यालय नमूना विद्यालयको रुपमा छनोट भएसगैँ सुविधासम्पन्न भवन र आवशीय सरचना बनाउन सरकारबाट बजेट सुनिश्चित भएसगैँ जग्गा खरिदको लागी सम्बद्ध पक्षहरुसंगको सहकार्यमा आर्थिक संकलन अभियान चलाइएको विद्यालयका प्रधानध्यापक गोविन्दप्रसाद रिमालले जानकारी दिनुभएको छ । उहाँको अनुसार विद्यालयको लागी अति आवश्यक रहेको चार रोपानी जग्गा खरिदको काम कानूनी प्रक्रिया मार्फत प्रतिस्पर्धाको आधारमा अघि बढाइएको छ ।
चार रोपनी जग्गा खरिदको लागी स्थानीय जग्गाधनी बसन्त आचार्यसंग खरिद गर्न लागिएको छ । उहाँको जग्गा ७६ लाख ८० हजारमा खरिद गर्नको लागी दाताबाट संकलन भएको रकमबाट विद्यालयले१० लाख रुपैयाँ समेत बैना दिइसकेको विद्यालय व्यावस्थापन समितिका अध्यक्ष ओमप्रसाद आचार्यले जानकारी दिनुभएको छ । विद्यालयको लागी जग्गा खरिद सहित पूर्व विद्यार्थी स्मारक, उद्यान लगायतका संरचना निर्माणको लागी करिब एक करोड रुपैयाँ आवश्यक पर्ने भएकाले चन्दा संकलन अभियानमा हाल करिब २१ लाख पुगेकाले यो निरन्तर चलाइने भएको छ ।
रसुवाको बोगटीटारमा स्थापना भएपनि नुवाकोट र रसुवा दुवै जिल्लाको विद्यार्थीको लागी पयक पर्ने र गुणस्तरीय शिक्षाको लागी प्रसिद्ध रहेको छ । विद्यालयलाई नमूना विद्यालय बनाउन अहिलनै ढेड करोड रुपैयाँ भन्दा बढी रकमआवशीय भवन बनाउन नेपाल सरकारबाट बिनियोजन भएकाले खरिद गर्न लागिएको जग्गा आगामी असारभित्रै विद्यालयको नाममा कायम गर्ने लक्ष्य राखिएको छ । जग्गा खरिदको लागी अझै धेरै रकम अभाव भएकाले दाता तथा शिक्षाप्रेमीहरुसंग सहयोगको अपिल गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया