केपी ओली प्रधानमन्त्री नै होईन : गगन थापा
नुवाकोट । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता गगन कुमार थापाले केपी शर्मा ओलीले चुनाव नै घोषणा गर्न नपाउने स्पष्ट पारेका छन् ।
प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने-“केपी शर्मा ओलीले यो चुनावको घोषणा गर्नै पाउनुहुन्न, उहाँ प्रधानमन्त्री नै होईन् । उहाँले संविधानको धारा ७६ को ३ को आधारमा विश्वासको मत प्राप्त, कि उहाँले विश्वासको मत प्राप्त गर्नुपर्दथ्यो, वा विश्वासको मत प्राप्त गर्न नसकेपछि त्यसलाई छोड्नुपर्दथ्यो ।
७६ को ३ बाट नछोडिसकेपछि धारा ७६ को ५ को प्रधानमन्त्रीको रुपमा दाबी गर्ने उहाँसँग संवैधानिक, राजनैतिक, नैतिक कुनै हक नै थिएन । राष्टपति त्यो दिन उहाँलाई तपाईँले दाबा नै गर्न पाउनुहुन्न, किर्ते जालसाजी त धेरै उताको कुरा भयो । राष्ट्रपति आँफैपनि किर्तेको साझेदार भैसकेपछि उहाँले किन त्यस्तो भन्नुहुन्थ्यो र ? त्यसकारण मेरो ठाउँबाट, हाम्रो ठाउँबाट हेर्दा त टेक्निकल्ली प्रधानमन्त्री त भन्नैपर्यो ।
तर, केपी शर्मा ओली, श्रीमान खड्ग प्रसाद ओली त्यो हिसाबले हाम्रो संविधानले वास्तवमा चिन्ने प्रधानमन्त्री नै होईन् । हामी त न्यायिक निरुपणको लागि अदालत गएको हो ।”
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया