चुनावका लागि सरकारमा आउन प्रधानमन्त्रीको आह्वान

विदुर खबर २०७८ जेठ १० गते ८:३७

नुवाकोट । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै दलको सहभागितामा चुनावी सरकार गठन गठन गर्न सकिने स्पष्ट गर्नुभएको छ ।

Advertisement

विपक्षी दलले अमर्यादित, अस्वस्थ, अलोकतान्त्रिक र कीर्ते रुपमा हस्ताक्षर गराएर प्रधानमन्त्रीका लागि दावी गरेको जनाउँदै उहाँले यस कारण पनि मुलुक मध्यावधि निर्वाचनमा गएको बताउनुभयो । प्रेस चौतारी नेपालले  आयोजना गरेको सञ्चारकर्मीसँगको छलफलमा उहाँले निर्वाचनमा भाग लिन सबै पक्षलाई आग्रह गर्दै संविधानबमोजिम आफ्नो नेतृत्वको राष्ट्रिय सरकार बनाएर निर्वाचनमा जान आफू तयार रहेको स्पष्ट गर्नुभयो ।

संसदीय राजनीतिक प्रणालीका आधारमा आफूले प्रधानमन्त्रीमा गरेको दावी उपयुक्त भए पनि विश्वासको मत पाउने सक्ने आधार नदेखेपछि राष्ट्रपतिले दुवै पक्षको दावी अस्वीकार गर्नुभएको धारणा उहाँले राख्नुभयो ।

Advertisement

नेकपा (एमाले) का अध्यक्ष ओलीले निर्वाचन अगाडि सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाइने सरकारको प्रयास हुने पनि बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षको बजेट कोभिड नियन्त्रणमा प्राथमिकता दिँदै जेठ १५ गते नै अध्यादेशबाट आउने जानकारी दिनुभयो ।

एक प्रश्नका जवाफमा उहाँले पार्टीमा रहेर सरकारविरुद्ध विपक्षीसँग साँठगाँठ गर्नेहरुलाई कारबाही गरिने स्पष्ट गर्नुभयो ।

Advertisement

प्रतिक्रिया