नागढुंगा-नौबिसे सुरुङमार्ग निषेधाज्ञामा पनि काम हुँदै, ५४३ मिटर सुरुङ छेडियो
नुवाकोट । नागढुंगा-नौबिसे सुरुङमार्गको निर्माणको क्रममा ५४३ मिटर खनिएको छ ।
जसमा मूख्य सुरुङ १४० मिटर, इभाक्युएसन टनेल (सुरुङ) २८४ मिटर र वर्किङ अडिट सुरुङ ११९ मिटर खनिएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक नरेशमान शाक्यले जानकारी दिए । सुरुङ विस्फोटक पदार्थ प्रयोग गरेर खनिरहेको छ । यो सुरुङमार्ग ड्रिल एन्ड ब्लास्ट प्रविधिमा खनिएको हो ।
निषेधाज्ञाका कारण मुलुकभरका अधिकांश विकास आयोजना प्रभावित बन्द भए पनि नागढुंगा–नोबीसे सुरुङमार्ग निर्माण प्रक्रियाले भने निरन्तरता पाइरहेको छ । निर्माण सामग्रीको पर्याप्त आपूर्ती भएकाले निर्माण कार्यलाई निरन्तरता दिन सकिएको शाक्यले बताए ।
स्थानीय प्रशासनसँगको सहकार्यमा निर्माण सामग्री बोक्ने सीमित गाडीलाई पासको व्यवस्था गरिएको छ । कोभिड प्रोटोकल अनुसार राती निर्माण सामग्री बोक्ने गाडीका लागि पास आवश्यक पर्दैन ।
२०७६ असोज ६ गते सडक विभाग र जापानको हाज्मा–आन्द्रो जेभीबीच सुरुङमार्ग निर्माणसम्बन्धी सम्झौता भएसँगै निर्माण प्रक्रिया अघि बढेको थियो । सुरुङ खन्ने काम भने २०७७ पुसदेखि मात्र शुरु गरिएको थियो ।
जापानी कम्पनीले साढे १३ अर्ब रुपैयाँमा ठेक्का पाएको हो । सुङमार्ग प्रवेशका लागि त्रिभुवन राजपथबाट काठमाडौंतर्फ थानकोटको बस्नेत छापसम्म २.३० किमि र धादिङतर्फ धुनिबेसीको सिस्नेखोलाबाट पाँच सय ६५ मिटर पक्की सडक बनाउनुपर्नेछ ।
दहचोकदेखि–सिस्ने खोलासम्म सुरुङको लम्बाइ २.६८८ किलोमिटर चौडाइ ९.५ मिटर तथा उचाइ १८ मिटर हुनेछ । यो सडकले नागढुंगाबाट घुमेर जानुपर्ने बाटोको समय कम्तीमा ३० मिनेट बचत गर्नेछ । सडकको लम्बाइ आठ किमि कम हुनेछ । सुरुङमार्ग निर्माणपछि थानकोटबाट १० मिनेटमा नौबीसे पुग्न सकिनेछ ।
सुरुङमार्ग निर्माण गर्न जापान सरकारले ०.०१ प्रतिशत ब्याजदरमा ४० वर्षका लागि ऋण उपलब्ध गराएको छ । यो आयोजना निर्माणमा जापानी सहयोग नियोग जाइकाले साढे १६ अर्ब ऋण र मुआब्जाका लागि नेपाल सरकारको करिब ६ अर्ब गरी कुल साढे २२ अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया