रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या घट्यो
विदुर खबर
२०७८ जेठ ९ गते ६:१४

रसुवा । रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या घट्न थालेको छ ।
विगत केहीदिन यता कोरोना संक्रमितको संख्या केही बढेको भएपनि निको हुनेको संख्या पनि घट्दै जान थालेको छ । जिल्लामा शुक्रबार ५२ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै जिल्लामा निको हुनेको संख्या ३ सय ५८ पुगेको छ ।
जिल्लामा हाल १ सय ५५ जना संक्रिय संक्रमित छन् । स्वास्थ्य कार्यालय रसुवाका अनुसार गोसाइँकुण्डमा १२, कालिकामा ८५, उत्तरगयामा ९ र आमाछोदिङ्मोमा ४९ रहेका छन् । संक्रमितहरूमध्ये ९ जना संस्थागत र १ सय ४६ जना होम आइसोलेसनमा बसेका छन् ।
रसुवामा हालसम्म ४ सय ८५ जनामा कोरोना पुष्टि भएको थियो । जसमा ३ सय ५८ जना निको भएका छन् । जिल्लामा हालसम्म २ हजार २ सय ७४ वटा स्वाव संकलन गरिएकोमा १ हजार ७ सय ८४ नेगेटिभ र ४ सय ८५ पोजेटिभ आएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया