रसुवाको तीन स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग
विदुर खबर
२०७८ जेठ ९ गते ६:११
रसुवा । जिल्लाको गोसाइँकुण्ड गाउँपालिकामा रहेका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ।
जिल्लामा कोरोना भाइरसको नियन्त्रणको लागि सहयोग पुर्याउनका लागि सामग्री हस्तान्तरण गरिएको हो । हिमालयन कर्पोरेसन सोसाइटी नेपालले बृद्धिम स्वास्थ्य चौकी, स्याफ्रु स्वास्थ्य चौकी र रसुवा अस्पताललाई विभिन्न सामग्री सहयोग गरेको हो ।
५ लाख २६ हजार २७ रुपियाँ बराबरको स्वास्थ्य सामग्री वितरण गरिएको अध्यक्ष दावा नुर्पु लामाले बताए । संस्थाले तीन हजार थान पेपर मास्क, ३ सय वटा एन नाइन्टी फाइभ मास्क, ५ थान अक्सिजन मास्क, ५ सय एमएलको सेनिटाइजर १ सय ५० बोतल, पीपीइ सेट २५ थान, एन्टीजेन टेष्ट किट २ सय ५० थान, अक्सिजन फ्लो मिटर १० थान, पल्स अक्सिमिटर १५ थान, भिटामिन सि एक हजार ट्याबलेट, डि-कोल्ड १ हजार ट्याबलेट, मुभ २४ थान र नेबुलाइजर मेसिन १० थान प्रदान गरेको छ ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नं.३ बृध्दिम निवासी उनले विगत लामो समयदेखि रसुवाको माथिल्लो भेगमा अवस्थित दुर्गम क्षेत्रहरुको बिरामीहरुलाई निस्वार्थ भावनाका साथ जिल्ला अस्पतालसम्म पुर्याइ उपचार गराउने कार्य गर्दै आएका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया