८ वर्षपछि फेरि अध्यादेश मार्फत बजेट आउने

नुवाकोट । आगामी आर्थिक ७८/७९ को बजेट अध्यादेशबाट आउने भएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपतिले संसद बिघटन गरेसंगै बजेट अध्यादेशबाट आउने भएको हो । जेठ १५ गते नै बजेट ल्याउनु पर्ने संवैधानिक ब्यबस्थाले गर्दा अध्यादेशबाट नै बजेट ल्याउनु पर्ने बाध्यता आई परेको हो । त्यस्तै नीति तथा कार्यक्रम पनि अध्यादेशबाट नै आउने छ ।
राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरि निर्वाचनको मिति घोषणा गरेकी हुन् । मन्त्रिपरिषद्को बैठकको सिफारिसको आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी अर्को प्रतिनिधि सभाको निर्वाचन मिति तोकेकी हुन् ।
जस अनुसार अर्को प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन संवत् २०७८ साल कार्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन संवत् २०७८ साल मङ्सीर ३ गते शुक्रबार सम्पन्न गर्नेगरी निर्वाचनको मिति तोकिएको छ । त्यस अघि मध्यरातमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा विघटन गरि अर्को प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन संवत् २०७८ साल कार्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन संवत् २०७८ साल मङ्सीर ३ गते शुक्रबार सम्पन्न गर्नेगरी निर्वाचनको मिति तोक्न सिफारीस गरेको थियो ।
संसद नभएकोले अध्यादेशबाट बजेट आउने भएको हो । यस अघि आर्थिक वर्ष ७०/७१ को बजेट पनि अध्यादेशबाट ल्याईएको थियो । त्यससमय संविधान बनाउन नसकी संविधानसभा बिघटन भएको थियो । तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनाव गराउन चुनावी मन्त्रिपरिषद् गठन भएको थियो ।
पूर्व सचिव शंकर कोइराला अर्थमन्त्री थिए । राम वरण यादव राष्ट्रपति थिए । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति यादवले बजेट अध्यादेशलाई स्वीकृति दिएका थिए ।
२०६९. २०६७, २०६२, २०६१, २०६०, २०५९, २०५२ मा पनि अध्यादेशबाट बजेट आएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया