जनता समाजवादी फुटको संघारमा
नुवाकोट । जनता समाजवादीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच सहमतिको मसी सुक्न नपाउँदै फुट देखिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने या नदिने विषयमा विवादमा रहेको जसपा फुटको नजिक पुगेको हो । जसपाको महन्थ ठाकुर समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ रहेको प्रष्ट पारेको छ । आज सिंहदरबारमा ठाकुर पक्षीय संसदीय दलको बैठकपछि नेता राजेन्द्र महतोले ओलीलाई आफूहरुको साथ रहेको प्रष्ट पारेका हुन् ।
महतोका अनुसार सरकार र जसपाको माग अनुसार संविधान संशोधन कार्यदल बनाउने सहमति भएको छ । कार्यदलमा सरकारका तर्फबाट प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, नेता अग्नि खरेललगायत रहेको र राजपाबाट लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्लालगायत रहेको जानकारी दिए ।
प्रधानमन्त्री ओली जसपाले उठाएको माग सम्बोधन गर्न तयार भएको र त्यसतर्फ काम पनि बढाएकाले आफूहरु साथ दिने निर्णयमा पुगेको महतोले बताए । महतो पछिल्लो समय ओलीलाई साथ दिने पक्षमा सक्रियताका साथ लागेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया