माधव नेपाललाई ४१ एमाले सांसदको साथ, हस्ताक्षर संकलन
नुवाकोट । नेकपा एमालेका नेता माधवकुमार नेपाललाई पार्टीका ४१ जना प्रतिनिधि सभाको सांसदले साथ दिने भएका छन् ।
उनीहरुले नेपालले लिने कदममा साथ दिने गरी हस्ताक्षर समेत गरेका छन् । एमालेका १२१ सांसदमध्ये ४१ जना सांसदले नेपाललाई साथ दिई हस्ताक्षर गरे प्रधानमन्त्रीमा केपी शर्मा ओलीको विकल्प खोज्ने पक्षमा पुगेको बुझिएको छ ।
नेता नेपाल निकट एक सांसदले बताए अनुसार हस्ताक्षर गर्नेमा अधिकांश प्रत्यक्ष निर्वाचित सांसद छन् । नेता नेपाल प्रधानमन्त्रीको मुख्य दाबेदार बनेपछि उनको पक्षमा बढी सांसद देखिएका हुन् । हस्ताक्षर गर्नेमध्ये थपिएका सांसदले नेपाललाई प्रधानमन्त्रीका रुपमा अगाडि सार्ने अवस्थामा साथ दिएको बुझिएको छ । ओलीविरोधी गठबन्धनले नेपाललाई प्रधानमन्त्रीका रुपमा सार्ने सम्भावना बढेको छ ।
यसअघि नेपाल समूहमा २० प्रत्यक्ष र ८ समानुपातिक गरी २७ जना सांसद खुलेका थिए । नेपाल समूहले थप सांसदहरुको हस्ताक्षरको प्रयास गरिरहेको बुझिएको छ । यसका लागि उनका विश्वासपात्रहरु सक्रिय भएका छन् ।
प्रतिनिधिसभामा २७५ सदस्य संख्यामध्ये ४ निलम्बित र ४ सिट खाली छ । कुल २६७ मा काँग्रेसका ६१, माओवादी केन्द्रका ४९ र जसपाको उपेन्द्र यादव समूहका १६ गरी १२६ सदस्य संख्या पुग्छ । माधव नेपाल समूहले ४१ सांसद पुर्याएको अवस्थामा १६७ सदस्य संख्या पुग्छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया