भारतमा लडाकु विमान दुर्घटना, पाइलटको मृत्यु
विदुर खबर
२०७८ जेठ ७ गते १४:२१
नुवाकोट ।भारतीय वायु सेनाको लडाकु विमान दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ । मिग–२१ लडाकु विमान विहीबार अबेर राति पन्जाबको मोगा भन्ने स्थान नजिक दुर्घटना भएको हो ।
दुर्घटनामा पाइलट अभिनव चौधरीको मृत्यु भएको समाचार एजेन्सी एएनआईले जनाएको छ । उनको शव शुक्रबार बिहान फेला परेको छ ।
विमान पश्चिमी क्षेत्रमा नियमित प्रशिक्षणमा थियो । चौधरीले सो लडाकु विमान राजस्थानको सुरतगढबाट उडाएका थिए ।
मिग–२१ लडाकु विमान कुनै एक समय भारतको वायु सेनाको सबैभन्दा भरपर्दो मानिन्थ्यो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया