दुध ख्वाएर पालेका साँपले डसे : बाँस्कोटा
विदुर खबर
२०७८ जेठ ६ गते २०:२६
नुवाकोट । एमालेका नेता तथा पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राष्ट्रिय सभाको उपनिर्वाचनमा रामबहादुर थापा ‘बादल’ पराजित भएपछि आक्रोश व्यक्त गरेका छन् ।
उनले नेकपा एमालेबाट उम्मेदवार बनेका बादल पराजित हुनुमा आफ्नै पार्टीका नेताहरुबाट अन्तर्घात भएको आसय पोख्दै ‘दुध ख्वाएर पालेका साँपले डसे’को जनाएका हुन् । बाँस्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दुध ख्वाएर पालेका साँपले डसेका हुन् ।
विपक्षीसँग कुनै गुनासो छैन, समयको अन्त्य हैन नयाँ सुरुवात मात्र ।’ थापा पराजित हुनुमा आफ्नै दलका नेताहरु कारक रहेको औंल्याँउदै बाँस्कोटाले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका हुन् ।
बाग्मती प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेका आधिकारिक उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई पराजित गर्दै डाक्टर खिमलाल देवकोटा निर्वाचित भएका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया