चोटग्रस्त स्टेगनले युरोकप नखेल्ने
विदुर खबर
२०७८ जेठ ५ गते १६:४१
नुवाकोट । चोटग्रस्त बनेका स्पेनिस लालिगा क्लब बार्सिलोनाका जर्मन गोलरक्षक मार्क आन्दर टेर स्टेगनले आगामीजुन ११ बाट शुरूहुने युरोकपनखेल्ने भएका छन् ।
जर्मन राष्ट्रिय टिमका २९ वर्षीय गोलरक्षक स्टेगनले चोटका कारण लालिगाको अन्तिम खेलसँगै युरोकप पनि नखेल्ने पक्का भएको हो । गतशनिबार राति स्पेनिस लालिगामा सेल्टा भिगो र बार्सिलोना बीच भएको खेल माउनको चोट बल्झिएको थियो ।
यसै महिना घुँडाको शल्यक्रिया गर्नुपर्ने र आरामलिनुपर्ने भएकोले उनी बार्सिलोनाको बाँकी एक खेल र युरोकप खेल्नबाट बञ्चित भएका हुन् । टेर स्टेगनले जर्मनीबाट २५ म्याच खेलिसकेका छन् ।
उनी जर्मनीको दोस्रो रोजाइका गोल रक्षक हुन् । जर्मन क्लब बायर्न म्युनिखका म्यानुएलनुएर जोचिमलोको पहिलो रोजाइका गोल रक्षक तथा कप्तान हुन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया