नेप्से अपडेट: बजारमा उत्साह कायमै

नुवाकोट । शेयर बजारको हरियाली आज पनि कायम रहेको छ। नयाँ नयाँ रेकर्ड राख्ने क्रममा आज बजारले ११.३५ अर्बको उच्च कारोवार रकम सहित हालसम्मकै उच्च विन्दु २७९३.५३ कायम गरेको छ।
आजको कारोवार अनुसार सबै क्षेत्रहरूमा हरियाली छाएको बजारमा होटल र जलविद्धुत क्षेत्रमा लगानीकर्ताको सर्वाधिक आकर्षण देखिएको छ। हिजोको तुलनामा आजको कारोवार रकम बढ्नुले लगानिकर्ताको मनोवल उच्च रहेको देखिन्छ।
बैंकको ब्याजदर न्युन हुनु र अन्य क्षेत्रमा लगानीको अवसर कम हुनुले पनि बजार बढ्न मद्दत गरेको बुझाई आम लगानिकर्तामा देखिन्छ। ब
ढ्दो बजारमा नयाँ लगानीकर्ताहरूको लागि जोखिम पनि उत्तिकै हुने भएकोले सबल र मजबुत कम्पनीहरुमा गहन अध्ययन गरेर मात्र लगानी गर्नुपर्छ।
साथै, लगानीकर्ताले अल्पकाल, मध्यकाल वा दीर्घकाल कुन र कति अवधिकालाई सेयर होल्ड गर्ने भन्ने पूर्वयोजना बनाएर लगानी गर्नु जरुरी हुन्छ ।
मुकुन्द अर्याल
( एम.बी.ए. कार्यक्रम संयोजक, एपेक्स कलेज, काठमाण्डौ )
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया