पासाङ लाह्मु राजमार्ग अवरुद्द, सडक खुलाउन तीन दिन लाग्ने
विदुर खबर
२०७५ साउन १५ गते ६:००

नुवाकोट÷पासाङल्हामु राजमार्ग अन्र्तगत नुवाकोटको भैसे तिरतिरे भिरमा पहिरो जाँदा बाटो अवरुद्ध भएको छ ।
लगातारको वर्षाले पहिरो जाँदा अवरुद्ध भएको सडक खुलाउन २÷३ दिन लाग्ने जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । बाटो अवरुद्ध भएपछि वसहरु डाइभर्सन गरी चलाइएको जिलला प्रहरी कार्यलय नुवाकोटका प्रमुख वसन्त कुवरले विदुर खबरलाई बताए । अवरुद्ध सडक खुलाउन जिल्ला प्रहरी कार्यलय नुवाकोटबाट प्रहरी नायब निरिक्षकको कमाण्डमा ५ जनाको टोली खटाएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया