एकिकृत सम्पत्ति कर तत्काल फिर्ता लिन विप्लव माओवादीको नुवाकोटका स्थानीय तहलाई आग्रह
विदुर खबर
२०७५ साउन १४ गते १२:५८
नुवाकोट÷नेपाल कम्युनिष्ट पार्टी विप्लभ समुहको जनपरिषद नेपाल नुवाकोटले नुवाकोटको स्थानियतहले जनताको ढाड सेक्नेगरी एकिकृत सम्पत्ति कर बढाएको भन्दै विरोध गरेको छ ।
आइतबार एक विज्ञप्ती सार्वजनिक गर्दै जिल्ला जनपरिषद नुवाकोटका प्रमुख विन्तोष शिलवालले नुवाकोटवास्लिाई सोच्न र बाँच्नै नसक्ने अवस्थामा कर वृद्धि गरिएको भन्दै आफुरुको गम्भरि ध्यानाकर्षण भएको जनाएको छ । जनपरिषद नुवाकोटले स्थानीयतहले उत्पादनहीन डाँडामा कर लगाएको र त्यसले जनता मारमा परेको भन्दै तत्काल बढाइएको एकिकृत सम्पत्ति कर फिर्ता लिन माग गरेको छ । साथै उसले बढाएको एकिकृत सम्पत्ति कर नर्तिन र अवज्ञा आम जनतासँग आग्रह गरेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया