नेपालमा एकै दिन ७ हजार १ सय ३७ जनामा कोरोना पुष्टि

विदुर खबर २०७८ वैशाख १९ गते २०:४६

नुवाकोट । नेपालमा हालसम्मकै सबैभन्दा धेरै संक्रमित थपिएका छन् ।

Advertisement

आइतबार एकै दिन ७ हजार १ सय ३७ जनामा कोरोना पुष्टि हो । यसअघि गत कात्तिक ५ गते ५ हजार ७ सय ४३ जनामा संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १६ हजार १ सय ४७ पीसीआर परीक्षणबाट आइतबार ७ हजार १ सय ३७ जनामा कोरोना संक्रमण देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ ।

Advertisement

२४ घण्टामा २७ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३ सय २५ पुगेको छ ।

हालसम्म पीसीआर परीक्षण २५ लाख ४४ हजार ७६ पुगेको छ । आइसोलेसनमा ४८ हजार ७ सय ११ र क्वारेन्टाइनमा ६७ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Advertisement

प्रतिक्रिया