नुवाकोटमा मंगलवारदेखि निषेधाज्ञा जारी
विदुर खबर
२०७८ वैशाख १९ गते १८:५५

नुवाकोट । नुवाकोटमा मंगलवार विहानदेखि निषेधाज्ञा जारी गरिने भएको छ ।
आइतवार जिल्ला प्रशासन कार्यालय नुवाकोटमा वसेको कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले नुवाकोटमा २१ गते मंगलवार विहान ४ बजेदेखि २७ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।
निषेधाज्ञाको समयमा अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरिने प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए । दुलालका अनसार निषेधाज्ञाको सकयमा निजी र सार्वजनिक यातायात दुवै बन्द गरिनेछ ।
यस्तै सरकारले अत्यावश्यक भनी तोकेका क्षेत्रका कर्मचारीलाई भने पास र सम्बन्धित कार्यालयको परिचयपत्रका अनुसार आवतजावत गर्न दिइने प्रजिअ दुलालले बताए ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया