काठमाण्डौमा निषेधाज्ञा कार्यान्यन गराउन ठाउँठाउँमा चेकिङ
नुवाकोट । काठमाडौं उपत्यकामा आज विहान ६ बजेबाट निषेधाज्ञा लागू भएको छ । निषेधाज्ञा पालना गराउन प्रहरीहरुलाई चोकचोकमा परिचालन गरिएको छ ।
काठमाडौं उपत्यकाका प्रमुख नाका र भित्री सडकहरुमा चेकजाँचका लागि ट्राफिक प्रहरीहरु पनि खटिएका छन् । नागढुंगा क्षेत्रमा ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी जनक भट्टराई आफैं खटिएका छन् ।
निषेधाज्ञासँगै भित्री सडकहरुमा तुलनात्मक रुपमा गाडीहरु कम चलेका छन् । तर काठमाडौं भित्रिने मुख्य नाका नागढुंगामा भने विहानको समयमा गाडीहरुको चाप छ । ती गाडीहरुलाई पास नभए पनि उपत्यका प्रवेश गर्न दिइएको छ ।
ट्राफिक प्रहरी प्रवक्ता एवम् एसपी श्यामकृष्ण अधिकारीले जाम भएका कारण रातभर सडकमा बसेकाहरुलाई उपत्यका प्रवेश गर्न दिइएको बताए ।
ट्राफिक प्रहरीका अनुसार धादिङको धार्के नजिक एउटा गाडी बिग्रिएकाले सडक जाम भएको थियो । जामका कारण गाडीहरु पास हुन पाएनन् । त्यही भएर विहान आठ बजेसम्म पनि गाडीहरुलाई काठमाडौं आउन दिइएको छ । यद्यपि काठमाडौं प्रवेश गर्ने धेरैजसो मालवाहक गाडीहरु रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया