त्रिशुलीको पुलबाट खसेर एकको मृत्यु, एकजना वेपत्ता
विदुर खबर
२०७८ वैशाख १२ गते १३:०२
नुवाकोट । तनहुँको देवघाट र चितवनको ठिमुरा जोड्ने त्रिशूली नदीमाथि बनिरहेको पुलबाट खस्दा एक जना मजदुरको मृत्यु भएको छ । अर्का एकजना वेपत्ता भएका छन् ।
आइतबार विहान निर्माणाधीन पुलबाट १० जना मजदुर त्रिशूली नदीमा खसेका थिए । तीमध्ये एकजना भारतीय नागरिक विजय यादवको मृत्यु भएको चितवन प्रहरी प्रमुख ओमप्रकाश अधिकारीले जानकारी दिए । बेपत्ता व्यक्तिको खोजी भइरहेको उनले बताए ।
घटनास्थलबाट आठ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
त्रिशूली नदीमाथि निर्माणाधीन पुल गत चैत अन्तिम साता भत्किएको थियो । सोही पुल निर्माणमा खटिएका मजदुरहरु नदीमा खसेका हुन् । त्यहाँ १४ जना मजदुर कार्यरत थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया