नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु
विदुर खबर
२०७८ वैशाख ११ गते १७:३६
नुवाकोट । पछिल्लो २४ घण्टामा थप २६१८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ८ हजार ६६८ नमुनाको पीसीआर टेष्ट गर्दा २४८६ जनामा र सीमा नाकाहरुमा ११४३ जनाको एन्टिजेन टेष्ट गर्दा १३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै कुल संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ । हाल १६ हजार ८२८ संक्रिय संक्रमित छन् ।
मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ३१३६ पुगेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया