काठमाडौँमा फेरि लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस
विदुर खबर
२०७८ वैशाख ११ गते १६:२६
नुवाकोट । कोरोना संक्रमितको संख्या बढेसँगै काठमाडौँ उपत्यकामा लकडाउन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुझाव दिएको छ ।
कोरोनाको दोस्रो लहर तीव्र रुपमा फैलिएपछि स्वास्थ्य मन्त्रालयले सीसीएमसीलाई लकडाउन गर्न सुझाव दिएको हो । मन्त्रालयको सुझावबारे सीसीएमसीको आज बस्ने बैठकमा छलफल हुने बताइएको छ ।
हाल विश्वभर फैलिएको कोरोनाको नयाँ लहरका कारण नेपालमा पनि दिनहुँ हजारौको संख्यामा संक्रमित भेटिन थालेका छन् । यस्तै, शून्यमा झरेको मृत्यु संख्यामा पनि वृद्धि भएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया