नुवाकोटको तारकेश्वरमा सुतीरहेको अवस्थामा बालिका बलात्कृत

विदुर खबर २०७८ वैशाख १० गते १४:४६

नुवाकोट । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २५ वर्षीय युवक पक्राउ परेका छन् ।

Advertisement

तार्केश्वर गाउँपालिका–३ सिवालय टोल बस्ने दिलिप श्रेष्ठलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

श्रेष्ठले ती बालिकालाई उनकै घरमा सुतीरहेको अवस्थामा जबरजस्ती करणी खबर प्राप्त हुनासाथ प्रहरी चौकी तारुकाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Advertisement

प्रतिक्रिया