धादिङमा बस दुर्घटना हुँदा १६ जना घाइते
विदुर खबर
२०७८ वैशाख १० गते १४:३१
नुवाकोट । धादिङको धुनिबेसी नगरपालिका ६ धार्के चालिसेमा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।
स्याङजाबाट यात्रु लिएर आएको ना ५ ख ४९१६ नम्बरको बस गएराति ९ बजे आफैँ अनियन्त्रित भई सडकमा पल्टिएको थियो।
दुर्घटनामा घाइते भएकाहरुको शिव दर्शन अस्पताल धार्के र राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया