नुवाकोटमा मास्क नलगाए १० रूपैयाँ जरिवाना
विदुर खबर
२०७८ वैशाख ९ गते १८:१३
नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटले कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि कडा नियम लागु गरेको छ ।
बुधवार वसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले सार्वजनिक यातायातमा क्षमता भन्दा बढी यात्रु बोक्न नपाउन नियम लागु गरेको छ ।
यस्तै यात्रुले माक्स अनिवार्य लगाउनुपर्ने नियम पनि लागु भएको छ । मास्क नलगाएको पाइएमा १० रुपैयाँ जरिवाना गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए ।
त्यसैगरी गाडीलाई नियमति सेनिटाइज गर्नुपर्ने, माक्स नलगाएकालाई गाडीमा छिर्न नदिने, चालक र सहचालकले पनि अनिवार्य मास्क लगाउनुपर्ने र स्वाास्थ्य मापदण्ड अपनाउनुपर्ने निर्णय बैठकले गरेको छ ।
यसैगरी अबदेखि मास्क नलगाए सार्वजनिक यातायात चढ्न नपाइने भएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया