नुवाकोटमा थप ९ जना कोरोना संक्रमित भेटिए

विदुर खबर २०७८ वैशाख ९ गते १७:०५

नुवाकोट । नुवाकोटमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा १८ जनाको पिसिआर परिक्षण गर्दा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार संक्रमित हुनेमा विदुर नगरपालिकाका ७ जना तथा सुर्यगढी र लिखु गाउँपालिकाका समान एक एक जना रहेका छन् ।

यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या १२ सय १९ पुगेको छ । यस्तै सक्रिय कोरोना संक्रमितको संख्या ७१ पुगेको कार्यालयको भनाइ रहेको छ । उनीहरुमध्ये ६२ जना होम आइसोलेसनमा र ९ जना अस्पतालको आइसोलेसनमा रहेका छन् ।

Advertisement

यस्तै नुवाकोटमा पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् । यसँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनको संख्या एक हजार एकसय ४७ जना रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

नुवाकोटमा हालसम्म १० हजार ३ जनाको पिसिआर परिक्षण भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

प्रतिक्रिया