विदुर नगरपालिकाका थप ९ जनामा कोरोना संक्रमण
नुवाकोट । नुवाकोटमा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा ३५ जनाको पिसिआर परिक्षण गर्दा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमितहरु सबै विदुर नगरपालिकाका बासिन्दा रहेको कार्यालयका सुचना अधिकारी उत्तम खनालले जानकारी दिए ।
संक्रमित हुनेमा ६ जना पुरुष र ३ जना महिला रहेका छन् । यससँगे जिल्लामा कोरोना संक्रमितकोे संख्या एकहजार २ सय १० पुगेको छ । यस्तै सक्रिय कोरोना संक्रमितको संख्या ६४ पुगेको छ ।
सक्रिय कोरोना संक्रमितमध्ये ४ जना अस्पतालको आइसोलेसन सेन्टरमा र ६० जना होम आइसोलेसनमा उपचार गरिरहेका छन् ।
नुवाकोटमा अहिलेसम्म ९ हजार ९ सय ८५ जनाको पिसिआर परिक्षण गरिएको छ । कोरोनाको कारण नुवाकोटमा एक महिलाको ज्षन गएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
पछिल्लो समय नुवाकोटमा विद्यालयका शिक्षकहरुमा कोरोना संक्रमण पुष्टि भएपनि स्थानिय तहहरुले विद्यालय बन्द नगर्दा विद्यार्थीहरुमा कोरोना संक्रमण फैलने भन्दै अभिभावकहरुले चिन्ता गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया