राप्रपाको महाधिवेशन एक महिना सर्यो
नुवाकोट । राप्रपाको महाधिवेशन एक महिनापछि सरेको छ ।
सक्रिय सदस्यता वितरण र स्थानीय तहहरुको अधिवेशन गर्न समय अपुग भएको भन्दै महाधिवेशनको मिति सार्ने राप्रपाले निर्णय गरेको हो ।
केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले महाधिवेशन २२-२५ जेठमा गर्ने निर्णय गरेको नेता मोहन श्रेष्ठले बताए । यसअघि २५-२८ वैशाखमा महाधिवेशन गर्ने तय भएको थियो । बैठकले वैशाख मसान्तसम्म सक्रिय सदस्यता वितरण सक्ने निर्णय गरेको छ।
वडा, पालिका र जिल्ला अधिबेशन वैशाख मसान्तसम्म, प्रदेश अधिवेशन ७ जेठसम्म र महाधिवेशन प्रतिनिधिको निर्वाचन १० जेठसम्म गर्ने राप्रपाले निर्णय गरेको छ ।
यसपटक राप्रपाले सक्रिय सदस्यताका आधारमा महाधिवेशन प्रतिनिधि चयन गर्दैछ । यसअघि भने कमिटीको आधारमा प्रतिनिधि चयन गर्ने गरेकेा थियो । महाधिवेशन प्रतिनिधि चार हजार पाँच सय बढी हुने राप्रपाको अनुमान छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया