विदुर नगरपालिकामा थप दुईजना कोरोना संक्रमित भेटिए
नुवाकोट । नुवाकोटको विदुर नगरपालिकामा थप २ जना कोरोना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका ७४ जनाको पिसिआर परिक्षण गर्दा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमित दुबैजना विदुर नगरपालिकाका रहेका छन् । संक्रमित एक महिला र एक पुरुष रहेका छन् ।
यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या एकहजार एकसय ७२ पुगेको छ । संक्रमितमध्ये एकहजार एकसय ४४ जना कोरोना मुत्त भएर घर फर्किएका छन् । संक्रमितमध्ये ७ सय ११ जना मात्रै विदुर नगरापालिकाका रहेका छन् ।
यस्तै नुवाकोटमा कोरोनाका सक्रिय संक्रमितको संख्या २७ पुगेको छ । संक्रिय संक्रमितमध्ये २६ जना होम आइसोलेसनमा र एक जना अस्पतालमा उपचाररत रहेको कार्यालयका सुचना अधिकारी उत्तम खनालले जानकारी दिए ।
नुवाकोटमा अहिलेसम्म ९ हजार ७ सय ७७ जनाको पिसिआर परिक्षण गरिएको छ । कोरोनाको कारण नुवाकोटमा एक महिलाको ज्यान गएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया