देशभर हावाहुरीसहित, चट्याङ र पानी पर्ने सम्भावना
नुवाकोट । शुक्रबार काठमाडौं उपत्यकासहित देशभर हावाहुरी, चट्याङ र असिनासहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
आज हावाहुरी आउने, चट्याङ र असिना पर्नुका साथै प्रिमनसुन लागेयताकै ठूलो वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । विशेषगरी आज पश्चिमी क्षेत्रमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा हुने सम्भावना रहेको र मध्य तथा पूर्वी क्षेत्रमा पनि यसको थोरै सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिएकी छन् ।
मौसमविद नगरकोटीका अनुसार हावाहुरी,चट्याङ र असिनासहितको वर्षा दिउँसो र राति हुने सम्भावना छ । यसैगरी वर्षाका साथमा हावाहुरी पनि आउने प्रबल सम्भावना रहेकाले आवश्यक होसियारी अपनाउन महाशाखाले आग्रह गरेको छ ।महाशाखाका अनुसार भोलि शनिबार पनि देशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा हुने सम्भावना छ । आइतबार रातिदेखि मात्रै मौसम सुधार हुने मौसम महाशाखाले जनाएको छ ।
विहीबार बेलुकीपख काठमाडौं उपत्यकासहितका केही जिल्लाहरुमा पनि हावाहुरी चलेको थियो । चट्याङसमेत पर्दा भोजपुर, बागलुङ र स्याङ्जामा एक(एक जना गरी तीन जनाको मृत्यु भएको प्रारम्भिक विवरण आएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया