नुवाकोटमा फेरि भेटिन थाले कोरोना संक्रमित, एकैदिन ८ जनामा पुष्टि
नुवाकोट । कोरोना भाइरस कोभिड १९ का नयाँ संक्रमित नुवाकोटमा पनि भेटिन थालेका छन् ।
काठमाण्डौ उपत्यका लगायका विभिन्न स्थानमा कोरोनाको संक्रमण पुनः देखा पर्दै गएसँगै त्यसको असर उपत्यकासँग सीमा जोडिएको नुवाकोटमा पनि परेको हुनसक्ने आशंका गरिएको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागर घिमिरेले विदुर नगरपालिका र किस्पाङ गाउँपालिकाका केही व्यक्तिमा कोरोना परीक्षण गर्दा नयाँ संक्रमित देखिन थालेको बताए ।
उनले हाल देखिएको संक्रमण कोरोनाको दोस्रो चरणको हुनसक्ने समेत बताए । उनले काठमाण्डौ उपत्यका लगायत तराईबाट सहजै रुपमा संक्रमण भित्रन सक्ने बताए । घिमिरेले सतर्कता नअपनाए अवस्था जटिल हुन सक्ने बताए।
जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कार्यालयका सुचना अधिकारी उत्तम घिमिरेका अनुसार संक्रमित हुनेमा विदु्र नगरपालिका र किस्पाङ गाउँपालिकाका समान ४÷४ जना रहेका छन् । संक्रमितमध्ये सबै पुरुष रहेका छन् ।
संक्रमितहरु सबै होम आइसोलेसनमा रहेको कार्यालयका सुचना अधिकारी खनालले बताए । यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या एकहजार एकसय ५५ पुगेको छ । यस्तै जिल्लाका कोरोनालाई जितेर घर फर्कनेको संख्या एक हजार एक सय ४४ पुगेको छ ।
हालसम्म नुवाकोटमा ९ हजार ६ सय ६२ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । नुवाकोटमा कोरोनाको कारण एक महिलाको ज्यान गइसकेको छ ।
नुवाकोटमा कोरोना संक्रमण कम हुँदै गएपछि त्रिशुली अस्पतालमा सञ्चालनमा रहेको पीसीआर नमूना परीक्षण निकै कम मात्रामा गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया