लकडाउन गर्ने प्रधानमन्त्रिको चेतावनी
नुवाकोट । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ संक्रमण जोखिम बढेको भन्दै सावधानी नअपनाए लकडाउननै गर्नुपर्ने अवस्था आउने चेतावनी दिएका छन्।
नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिक साधारणसभालाई विहीबार संबोधन गर्दै उनले भने-‘कोभिड १९ को सन्दर्भमा म भन्न चाहन्छु। हाम्रो जनजीवनलाई ठप्प पनि नगरौं। तर सावधान नभए बाध्य भएरै ठप्प पार्न पर्ने स्थिति आउन सक्छ। हामीले सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने र सबैले हातमुख धुने लगायतका काम गर्नुपर्छ।‘
उनले विगतमा जस्तै कोरोना संक्रमणबाट बच्न व्यवसायीलाई सुझाब दिए। ‘कोरोना नाक र मुखमा धेरै समय रहन्छ। त्यही बेलामा तातो वाफ लिने र नुनपानीले कुल्ला गरे धेरै समस्या पार्दैन्,’ ओलीले भने, ‘अम्बाका दुई वटा पात उमालेर बेस्सरी गारगल गर्यो भने पनि कोरोनाबाट बच्न सकिन्छ।’
प्रधानमन्त्री ओलीले कोरोना संक्रमण नियन्त्रणमा राख्न हदैसम्मको प्रयास गरेपनि आलोचना हुने गरेको बताए। ‘भ्याक्सिन आइपुगेन भने प्रधानमन्त्रीलाई गाली आउँछ, मान्छे बिमारी भयो प्रधानमन्त्रीलाई गाली आउँछ,’ उनले भने, ‘निःशुल्क परीक्षण गरिएको छ, निःशुल्क उपचार गरिएको छ, निःशुल्क खोप लगातार चलाइएको छ तरपनि प्रधानमन्त्रीको आलोचना भइराखेको छ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया