सरकारले भष्ट्राचारीलाई संरक्षण ग¥यो : डा लोहनी

विदुर खबर २०७७ चैत २२ गते ७:३१

नुवाकोट । रााष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपालमा अहिलेसम्मकै बढी भष्ट्राचार भएको बताएका छन् ।

Advertisement

शनिवार लिखु गाउँपालिका वडा नम्बर ४ चौघडामा आयोजित रााष्ट्रिय प्रजातन्त्र पार्टीको लिखु गाउँपालिकाको कार्यसमिति गठन कार्यक्रममा बोल्दै उनले सरकारले भष्ट्राचारीलाई संरक्षण गरेको आरोप लगाएका हुन् ।

डा : लोहनीले जनताले नेकपालाई पाँच वर्षको लागि सरकार संचालन गर्न जनताले म्यागनेट दिएपनि आफ्नै झगडाले नेकपा फुटेको बताए । उनले ३० वर्षमा सबैभन्दा बढी भष्ट्राचार बढेको भन्दै सरकार र सरकारका मन्त्रिहरुले त्यसलाई संरक्षण गर्ने काम भएको बताए । उनले देशमा कुशासन बढेको भन्दै सरकार अराजकतातर्फ अघि बढेको आरोप लगाए ।

Advertisement

कार्यक्रममा राप्रपा नुवाकोटका नेता झनक प्याकुरेलले जनताले एकपटक पुन राप्रपालाई साथ दिने भन्दै जनताको माग र आवश्यकता हेरेर आफुहरुले काम गर्ने बताए ।

कार्यक्रममा सहभागिहरुले हिन्दु राज्य र राजासहितको प्रजातन्त्र नेपालको लागि उपयुत्त हुने बताएका छन् ।

Advertisement

प्रतिक्रिया