भारतमा एकै दिन ९० हजार व्यक्तिमा कोरोना संक्रमण पुष्टि
विदुर खबर
२०७७ चैत २२ गते ७:०७
नुवाकोट । भारतमा थप ८९ हजार १२९ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। शुक्रवार ८१ हजार जनामा संक्रमण देखिएको थियो। भारतमा पछिल्लो केही सातादेखि संक्रमणको दर दैनिक १० हजार हाराहारीले बढ्दै गएको छ।
यस्तै, पछिल्लो २४ घण्टामा ७१४ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ।
हालसम्म भारतमा कूल संक्रमितको संख्या १ करोड २३ लाख ९२ हजार २६० पुगेको छ भने १ लाख ६४ हजार ११० जनाको मृत्यु भइसकेको छ।
शनिवार बिहानसम्म भारतभर ६ लाख ५८ हजार ९०९ जना सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पछिल्लो समय भारतमा कोरोना संक्रमण बढेपछि स्वदेश फर्किरहेका नेपालीमा पनि कोरोना संक्रमणको दर उच्च रहेको छ। तर परीक्षण कम भएका कारण संक्रमण पुष्टि पनि थोरै व्यक्तिमा हुने गरेको छ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया