प्रधानमन्त्रीले गरे एकसाथ १६५ सडकको शिलान्यास

विदुर खबर २०७७ चैत २२ गते ६:४८

नुवाकोट । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको शुभारम्भ गरेका छन् ।

Advertisement

१६५ वटै संघीय निर्वाचन क्षेत्रमा तीन वर्षभित्र एकएक पटक सडक बनाउने यो कार्यक्रमको प्रधानमन्त्री ओलीले बालुवाटारमा आयोजित विशेष समारोहमा स्वीच थिचेर शुभारम्भ गरेका हुन् ।

सांसदहरुले स्थानीय पूर्वाधार विकास कार्यक्रममा ठूलो दरमा बजेट मागेपछि चालु आर्थिक वर्षको बजेटमा एक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने कार्यक्रम अघि सारेको थियो । यसका लागि ३ अर्ब २० करोड बजेट छुट्याएको छ ।

Advertisement

तर आर्थिक वर्ष सकिन केही महिना मात्र बाँकी छँदा कार्यक्रम शुभारम्भ भएको छ । बहुबर्षीय आयोजना अन्र्तगत ३ बर्षमा सबै सडक बनाइसक्ने भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले जानकारी दिए ।

मन्त्रालयले बनाएको मापदण्डअनुसार एउटा निर्वाचन क्षेत्र भएको हिमाली जिल्लामा रु ६० करोड, एक निर्वाचन क्षेत्र भएका पहाडी जिल्लाहरुमा रु ५० करोड, दुई निर्वाचन क्षेत्र भएका २१ जिल्लाहरुमा प्रति सडक रु ४० करोडसम्म रकम छुट्याइनेछ ।

Advertisement

यस्तै तीन वा सोभन्दा बढी निर्वाचन क्षेत्र भएका २० जिल्लाहरुमा प्रति सडक रु २५ करोड र काठमाडौं जिल्लाका प्रति निर्वाचन क्षेत्र रु २० करोडसम्म दिइनेछ । यसरी १६५ वटा सडकको कुल २२१० किलोमिटर हुने र यसका लागि ५७ अर्ब १० करोड रुपैयाँ बजेट चाहिने मन्त्रालयको आंकलन छ ।

प्रतिक्रिया