पीडित किशोरीलाई बलात्कारीसँगै बाँधेर गाउँ घुमाइयो
एजेन्सी । भारतका एकजना किशोरीले आफूलाइ एकजना छिमेकीले बलात्कार गरको र परम्परागत सजाय दिने चलन अनुसार आफूलाई ती बलात्कारीसंगै बाँधेर गाउँ घुमाई अपमान गरिएको गुनासो गरेकी छिन् ।
नाम नखुलाइएकी ती किशोरीमाथि भएको यस घटनालाई लिएर भारतभर विरोध र आक्रोश फैलिएको छ । यस घटनाको भिडियोमा एक हुल पुरुषले तिनीहरुलाई त्यसरी गाउँ घुमाइँदै गर्दा राष्ट्रवादी नारा घन्किरहेको सुनिन्छ । यौन उत्पीडनमा परेकी किशोरीको पक्षमा उभिन छाडेर उल्टै उनको सार्वजनिक बेइज्जती गरेको सिलसिलामा छ जना पुरुषलाई प्रहरीले गिरफ्तार गरेको छ ।
मध्य प्रदेशको एउटा गाउँमा भएको यस घटनामा पक्राउ पर्नेमा पिडित १६ वर्षिया किशोरीका आफ्नै भाई , काका र भतिजा समेत रहेका छन् । सो गाउँका तिलक राम भिलेला नामक एक प्रत्यक्षदर्शीले दि न्युयोर्क टाइम्सलार्इ बताएका छन् ,
‘ तिनीहरुले बिचरी किशोरी माथि त्यस्तो अन्या गरिरहेको देख्दा मेरा अँखाबाट अाँसु नै झ-यो । तर कसैले एक शब्द बोल्ने आँटै गरेनन् । आक्राशित भिडले हामीलाई मार्न समेत सक्थ्यो । ’ भारतमा वलात्कारी विरुद्ध मृत्युदण्डको व्यवस्था छ । तैपनि यस्तो घटना रोकिने गरेको छैन ।
भारतका एकजना किशोरीले आफूलाइ एकजना छिमेकीले बलात्कार गरको र परम्परागत सजाय दिने चलन अनुसार आफूलाई ती बलात्कारीसंगै बाँधेर गाउँ घुमाई अपमान गरिएको गुनासो गरेकी छिन् । नाम नखुलाइएकी ती किशोरीमाथि भएको यस घटनालाई लिएर भारतभर विरोध र आक्रोश फैलिएको छ ।
यस घटनाको भिडियोमा एक हुल पुरुषले तिनीहरुलाई त्यसरी गाउँ घुमाइँदै गर्दा राष्ट्रवादी नारा घन्किरहेको सुनिन्छ । यौन उत्पीडनमा परेकी किशोरीको पक्षमा उभिन छाडेर उल्टै उनको सार्वजनिक बेइज्जती गरेको सिलसिलामा छ जना पुरुषलाई प्रहरीले गिरफ्तार गरेको छ ।
मध्य प्रदेशको एउटा गाउँमा भएको यस घटनामा पक्राउ पर्नेमा पिडित १६ वर्षिया किशोरीका आफ्नै भाई , काका र भतिजा समेत रहेका छन् । सो गाउँका तिलक राम भिलेला नामक एक प्रत्यक्षदर्शीले दि न्युयोर्क टाइम्सलार्इ बताएका छन् ,
‘ तिनीहरुले बिचरी किशोरी माथि त्यस्तो अन्या गरिरहेको देख्दा मेरा अँखाबाट अाँसु नै झ-यो । तर कसैले एक शब्द बोल्ने आँटै गरेनन् । आक्राशित भिडले हामीलाई मार्न समेत सक्थ्यो । ’ भारतमा वलात्कारी विरुद्ध मृत्युदण्डको व्यवस्था छ । तैपनि यस्तो घटना रोकिने गरेको छैन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया