अजोड इन्स्योरेन्सको हकप्रदमा इन्साइडर ट्रेडिङ्गको गन्ध
विदुर खबर
२०७७ चैत १७ गते १५:१४
भनिन्छ नी “बाघ कराउनु र बाख्रा हराउनु” त्यस्तै भयाे अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडकाे हकप्रद निष्कासनकाे विषयमा । हिजाे कम्पनीकाे आक्रामक काराेबार हुनु र आज हकप्रदकाे सूचना आउनु याे संयाेग मात्र त पक्कै नहाेला ।
गत साता ५ दिनकाे काराेबारमा जम्मा करिब ५८ हजार कित्ता सेयरकाे काराेबार भएकाेमा एकाएक हिजाे (साेमबार) एकदिन मै कम्पनीकाे एक लाख १७ हजार ५ सय ६६ कित्ता सेयरकाे काराेबार भएकाे छ ।
गत साताकाे पहिलाे काराेबार दिन चैत्र ८ गते आइतबार ७ सय १८ रूपैयाँ रहेकाे कम्पनीकाे सेयरमूल्य अन्तिम दिनसम्ममा आइपुग्दा घटेर ७ सय ६ रूपैयाँ कायम भएकाे थियाे । तर हिजाे (साेमबार) भने कम्पनीकाे सेयरमूल्य ९.९२ प्रतिशतले बढेर ७ सय ७६ रूपैयाँ पुगेकाे छ ।
कम्पनीकाे याे तथ्यांकलाई नियाल्दा इन्साइडर ट्रेडिङकाे गन्ध परेकाे हाे की जस्ताे देखिन्छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया