नुवाकोटको त्रिशुली अस्पताल देशकै उत्कृष्ट अस्पताल घोषित
नुवाकोट । त्रिशुली अस्पताल देशकै पहिलो अस्पतालको गुणस्तर सुधारका लागि न्यूनतम सेवा मापदण्डमा उच्च अंक ल्याई देशैभरिको पहिलो अस्पताल भएको छ ।
एक सय अंकमा त्रिशुली अस्पतालले ८८ अंक प्राप्त गरेको छ । यो नेपालकै अस्पतालहरुको सेवा गुणस्तर र अन्य सेवा मापदण्डको सबै भन्दा धेरै हो । मंगलवार त्रिशुली अस्पतालमा स्वास्थ्य निर्देशनालय हेटौडा आयोजना गरेको कार्यक्रममा स्वास्थ्य विभागले सो घोषणा गरेको हो ।
पहिलाको जिल्ला अस्पतालमा आइसियु सञ्चालन हुने भन्ने असम्भव जस्तै रहेको नेपालको अवस्थामा त्रिशुली अस्पतालले व्यवस्थित रुपमा आइसियु सञ्चालन गर्नु देश भरीका लागि आशा लाग्दो सन्देश रहेको स्वास्थ्य विभागको सामाजिक सेवा महाशाखाका निर्देशक रोशनी तुईतुईले बताए । भौतिक संरचनादेखि सेवा प्रदानमा समेत त्रिशुली अस्पताल लोभ लाग्दो रहेको उनको भनाई रहेको छ ।
त्रिशुली अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा. दिपेन्द्र पाण्डेले त्रिशुली अस्पतालको मात्रै नभई यो सिङ्गै सरकारी स्वास्थ्य सेवाको परिक्षण भएको र सरकारी स्वास्थ्य सेवाले पनि नागरिकहरुलाई आशा जगाएको बताए ।
स्वास्थ्य निर्देशनालय सोमवार त्रिशुली अस्पतालको विभिन्न पक्षहरुको परिक्षण गरेको थियो । विरामीहरुलाई प्रदान हुने सेवा देखि कर्मचारीहरुको आन्तरिक ब्यवस्थापन, श्रोत वाँडफाँड र भौतिक संरचना र पुर्वाधारको अवस्थाको बारेमा अनुगमन टोलीले जाँच गरेको छ ।
यो नुवाकोटको लागि गौरबको विषय रहेको त्रिशुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया